राज्याभिशेकसँगै रामलिला समापन

४ कार्तिक २०७५, आईतवार १६:५०
 

सदरलाइनडटकम
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित १५१ औ ‘रामलिला’ को शनिबार औपचारिक रुपमा समापन गरिएको छ । बडा दशैंका अवसरमा गत २४ गतेदेखि जारी रामलिला कार्तिक २ गते रावण बध पश्चात सकिए पनि शनिबार भगवान रामलाई राज्याभिशेक गरी समापन गरिएको हो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालगञ्जको रामलीलाले यो वर्षसमेतको गरी १ सय ५१ औं श्रृंखला पुरा गरेको रामलिला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए ।
सो रामलिलामा भारतको वृन्दाबनका प्रसिद्ध कलाकार राधारमण शर्माको नेतृत्वको २५ जनाको टोलीले नेपालगञ्जमा रामलिला मञ्चन गरेको थियो । ‘सबैको सहयोग र सक्रियतामा यसपालीको रामलिला भब्य, सभ्य र सफलता पुर्वक सम्पन्न गरियो’– रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कानोडियाले भने ।
रामलिला मैदानमा आयोजित समापन समारोहमा शहरी विकास मन्त्री मो इस्तियाक राईले रामलाई राज तिलक लगाएका थिए । धर्मशास्त्रमा प्रथम राज तिलक गुरु वशिष्ठले भगवान रामलाई गराएको भए पनि राजतिलक लगाउदै मन्त्री राईले साँस्कृतिक/सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने विश्वास व्यक्त गरे ।
नेपालगञ्जको समग्र विकासका लागि अर्वौ वजेटसहित योजना छुटयाइएको भन्दै उनले त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आम नागरिकको भएको बताए । मन्त्री राईले रामलिला मैदानमा निर्माणधीन सभा कक्षका लागि २५ लाख सहयोग गर्ने उदघोष पनि गरे ।
उनले रामलिला मैदानको सौन्दर्यकरण र व्यवस्थापन तथा व्यवसायिक पसल सञ्चालनका पनि सांसद विकास कोषबाट सहयोग गर्ने बचन दिए ।
यसैवीच रामलिला सञ्चालक समितिको तर्फबाट कार्यबाहक अध्यक्ष कानोडियाले रामलिलाको जग्गा संरक्षण सम्वद्र्धन, यसको नियमित आयश्रोत र स्थायित्वका लागि आवश्यक सहयोग गरिदिन मन्त्री रायईलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
सो अवसरमा रामलिला सञ्चालनमा सहयोग पु¥याउने आधा दर्जन विशिष्ठ व्यक्तित्वलाई खादा ओढाएर सम्मान प्रकट गरिएको थियो । साथै सहभागी अतिथी दिर्घाले पनि राजतिलक लगाइदिएका थिए । सो अवसरमा सञ्चालक समितिका महामन्त्री जगदिश वैश्य, प्रचारमन्त्री विष्णु कुम्हाल लगायतले सो अवसरमा आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

४ कार्तिक २०७५, आईतवार १६:५०
सदरलाइनडटकम, तनहुँ : तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । तनहुँको आँबुखैरेनीमा ना ४ ख ७८४१ नम्बरको बस आईतवार दुर्घटना हुँदा उनीहरु जना घाइते भएका ह्न् । लमजुङको बेसीशहरबाट मुग्लिनतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर आँबुखैरेनी गाउँपालिका २ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो । घाइतेको अवस्था […]

सम्बन्धित