सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले उन्नत नश्ल सुधार कार्यक्रमअन्तर्गत बोयर जातका बोका विरतण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकलाई १८ वटा बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
प्रत्येक वडाका ३ जनालाई गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले ७५ प्रतिशत शुद्धता भएका बोयर जातका बोका वितरण गरेका हुन् । गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बीच १२ लाख मूल्य बराबरको २४ देखि ३६ किलोसम्मका १८ वटा बोका वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहले उन्नत नश्ल सुधार गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले बोका वितरण गरिएको बताए । थोरै समयमा धेरै तौल बढ्ने सो जातको बाख्रा पालनले मनग्य आम्दानी गर्न सहयोग पुग्ने उनको भनाई थियो ।
