राप्तीपारी आगलागी हुँदा छ घरटहरा नष्ट

२७ चैत्र २०७३, आईतवार १९:४४
 

सदरलाइनडटकम  
२७ चैत, नेपालगन्ज : बाँके राप्ती सोनारी गाउँपालिका वडा नं. ७ फत्तेपुरको बसन्तापुर गाउँमा आइतबार दिउँसो आगलागी भएको छ । आगलागीमा ६ वटा घर जलेको छन् भने काटेर राखिएको गहुँको थुप्रो समेत आगो सल्किएको छ ।
प्रहरी, स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको स्थानीय अरुण यादवले जानकारी दिए । त्यस्तै शनिबार बाँकेका तीन छुट्टाछुट्टै आगलागीका घटनामा २ लाख ६० हजार बढीको धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, शनिबार नेपालगन्ज–१४ स्थित नन्दलाल गौरिमाको फुसको घरमा आगलागी हुँदा ९० हजार बराबरको क्षति भएको छ ।
शनिबारै सुनारी गाउँपालिका–८ स्थित कविराम गिरीको गोठमा आगलागी हुँदा २ वटा बाख्रा, १ खसी र गोठ जलेको छ । घटनामा अन्दाजी ८० हजारको क्षति भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै सोनारी गाउँपालिका ८ स्थित छविलाल बस्नेतको गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतरोडका करिव चारसय उपभोक्ताको घरमा ४ वर्षदेखि खानेपानी सेवा अवरुद्ध

२७ चैत्र २०७३, आईतवार १९:४४
सदरलाइनडटकम   २८ चैत, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोड निर्माणका कारण करिव चारसय खानेपानीका उपभोक्ता कहाँ विगत ४ वर्षदेखि खानेपानी पुग्न सकेको छैन । एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगन्ज–कोहलपुर फोरलेन सडक निर्माणकाका कारण नेपालगन्जको ट्राफिक चोकदेखि अञ्चल प्रहरी कार्यालय भेरीसम्मका खानेपानीका उपभोक्ताले विगत ४ वर्षदेखि खानेपानी पाउन सकेका छैनन् । […]