सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा आईतवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा महिलाको शरीरमा पसेको तीन वटा फलामे सरिया २४ घण्टा वित्दासमेत निकाल्न सकिएको छैन् ।
मोटरसाईकलको ठक्करबाट घोराही उपमहानगरपालिका ३ झिङनी बस्ने तिला परियारको शरीरमा तीन वटा सरिया गाडिएको थियो । मोटरसाईकलले ठक्कर दिएपछि परियार उछिट्टिएर ट्रयाक्टरमा लोड भएको सरियामा पर्दा ढाडबाट पसेको तीन वटा सरिया छातीमा निस्किएको छ ।
घटनालगत्तै सरिया काटेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएपनि सरिया निकाल्न असम्भब भएपछि भैरहवा लगिएको थियो । त्यहाँ पनि डाक्टरहरुले सरिया निकाल्न सम्भव नभएकोले बताएपछि आईतवार रातीनै परियारलाई काठमाण्डौ ट्रमा सेन्टरमा लगिएको थियो ।
त्यसपछि टिचिङमा लगिएपनि त्यहाँका चिकित्सकहरुले भारत लैजान सुझाव दिएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण थप समस्या भएको पीडित परिवारको भनाई छ । घोराहीको शहिद उमेश मार्गमा दुईवटा मोटरसाईकल ठोक्किदाँ अनियन्त्रित भएको मोटरसाईकलले पैदल यात्रु परियारलाई ठक्कर दिँदा उनी उछिट्टिएर सरिया झार्नलाई रोकेको ट्रयाक्टरमा ठोक्किदाँ तीन वटा सरिया शरीरमा पसेको थियो ।