नेपालगञ्ज : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सोमवार पनि नेपाल बार एशोसिएशनको अगुवाइमा बाँकेका वकिलहरुले प्रर्दशन गरेका छन् । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ ।
नेपाल बार एशोसिएशन उच्च अदालत बार नेपालगञ्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर एक घन्टा धर्ना दिएका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले मंगलवारसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार विहान साढे १० देखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिइएको थियो ।