सदरलाइनडटकम,
दाङ : सभामुख कृष्णबहादुर महराले दाङमा दुई वटा बिमानस्थल सञ्चालनमा आउने दाबी गरेका छन् । टरिगाउँ विमानस्थलमा सोमवार रिपोर्टस् क्लब दाङले गरेको पत्रकार सम्मेलनमा उनले नारायणपुरमा अन्तर्राष्ट्रिय र तुलसीपुरको टरिगाउँमा आन्तरिक बिमानस्थल सञ्चालनमा आउने दाबी गरे ।
तुलसीपुर बिमानस्थलमा केही समयमै अस्थायी हवाई ईन्धन डिपो सञ्चालनमा आउने भन्दै संघीय संसदका सभामुख महराले बिमानस्थल नियमित भए अनियमित हुने समस्या अन्त्य हुने बताए । केही निजि एयरलाईन्सहरुले दाङमा पाईलटको तालिम शुरु गर्ने भन्दै सरकारसँग प्रस्ताव गरेकाले पारित भए दाङमा बिमान नियमित सञ्चालन हुने उनले जानकारी दिए ।
सोमवारदेखि टरिगाउँ बिमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भएको छ । प्रत्येक साताको सोमवार र शुक्रवार बिमान सेवा सञ्चालन गरिने छ । बिमान सेवा सञ्चालन आएपछि यहाँका नागरिकलाई भने सहज भएको छ ।
