निःशुल्क स्वास्थ्य शिविरमा साढे चार सय लाभान्वित

२० आश्विन २०७५, शनिबार १६:०६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखा जाँच गराएका थिए ।
त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामीले पनि स्वास्थ्य सेवा लिएको नेपालगञ्ज मेडिकल कलेजका फिजिशीयन डा.सुभाष योगीले बताए । केही जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
डा. योगीसहित फत्तेबाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखा रोग विशेषज्ञ डा.देवराज भारतीलगायत चिकित्सकको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
विशेषज्ञ डाक्टरको उपस्थितिमा स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाकअहमद शाहले बताए । नरैनापुरका स्थानीयको स्वास्थ्यप्रति आफू संवेदनशील रहेको र भविष्यमा पनि यस्ता शिविरको आयोजना गरिने शाहको भनाई छ ।


Next Post

सहकारीमा पारदर्शिता आवश्यक रहेको खजुराका अध्यक्ष कक्षपतिको भनाई

२० आश्विन २०७५, शनिबार १६:०६
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको बताएका छन् । कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेड खजुराको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले आर्थिक क्रियाकलाप पादर्शी हुनुपर्ने बताए । उनले बहुउद्देशीय सहकारीले कृषि गतिविधि सञ्चालन गर्न पाउने भएकाले […]