बतात्कारको अभियोगमा पूर्व वडाअध्यक्ष चलाउने प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता १४ जेष्ठ २०७९, शनिबार १३:१८
 

कोहलपुर (बाँके) :  कोहलपुर प्रहरीले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निमबहादुर चलाउने (निरज)लाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

आरोपित चलाउने कोहलपुर नगरपालिका वडानं. १० का पुर्व वडाध्यक्ष समेत हुन । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार नियन्त्रणमा लिएको हो ।


चलाउनेलाई नियन्त्रणमा लिएर हिरासतमा राखीएको र थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिनको म्याद थप गरीएको इप्रका कोहलपुरका ईन्चार्ज डिएसपी ऐन मल्लले जानकारी दिए ।

प्रहरी नियन्त्रमा रहेका चलाउने माथि केही समय पहिले कोहलपुरकै एक महिलाले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै उनीबिरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिईन । जाहेरीकै आधारमा उनलाई पक्राऊ गरिएको मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको फैजाने मदिना मदरसाका विद्यार्थी आपसमा खेल्दा चक्कु रोपिएर एकको ज्यान गयो

१४ जेष्ठ २०७९, शनिबार १३:१८
  नेपालगञ्ज : नेपालगञ्जको फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले दिएको जानकारी अनुसार सो मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट–६ का १६ वर्षिय जामुदिन मियाँको छातीमा […]

सम्बन्धित