बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

सदरलाइन संवाददाता ३ पुष २०७९, आईतवार ११:३८
 

नेपालगञ्ज : बाँकेलगायत पश्चिम तराईका जिल्लामा चिसो बढेको छ । बाक्लो हुस्सु लाग्न थालेपछि चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ ।

चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बाँके डुडुवा ६ का जयपाल मौर्यले बताए ।


हुस्सुका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । कुहिरोले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुर्याएको डुडुवा ६ का कृषक गुरुदीन यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ९९ प्रतिशत बालबालिकालाई खोप लगाइयो

३ पुष २०७९, आईतवार ११:३८
नेपालगञ्ज : टाइफाइड रोगको उच्च जोखिममा रहेको बाँके जिल्लामा १५ महिनादेखि १५ वर्ष उमेर समुहका ९९ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइएको छ । जिल्लामा चैत २३ गतेदेखि शुरु गरिएको टाइफाइडविरुद्धको खोप लगाउने अभियान अन्तर्गत हालसम्म ९९.३ प्रतिशत बालबालिकालाई सो खोप लगाइएको बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । […]