ब्राउनसुगर सहित २ जना पक्राउ

सदरलाइन संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १४:२०
 

बर्दिया : बर्दियामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

बर्दिया गुलरिया नगरपालिका–०७ बस्ने बर्ष २४ को राजन धोवी र सोही स्थान बस्ने वर्ष २० कि अप्सना धोवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।


उनका अनुसार, गुलरिया नगरपालिका ७ बृन्दाबन टोल स्थित चौगुर्जी गाँउ तर्फ जाने चोक अगाडी सडक छेउमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा शंकास्पद रुपमा कुराकानी गरिरहेको अवस्थामा खानतलासी लिँदा ९६० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक चौधरी बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको सुफियाना फ्रेस हाउस सिल

२२ फाल्गुन २०८०, मंगलवार १४:२०
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँके बजार अनुगमनमा कडारूपमा प्रस्तुत भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवालाहरुको टोलीले बजार अनुगमनका क्रममा कैफियत पाएको खण्डमा कारवाही गर्दै आएको छ । यसै क्रममा नेपालगञ्जस्थित एक पसललाई जरिवाना तिर्न अटेर गरेपछि सिल गरिएको छ । नेपालगञ्ज १० मा रहेको सुफियाना फ्रेस […]

सम्बन्धित