सहकारीमा पारदर्शिता आवश्यक रहेको खजुराका अध्यक्ष कक्षपतिको भनाई

२० आश्विन २०७५, शनिबार १६:२३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको बताएका छन् । कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेड खजुराको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले आर्थिक क्रियाकलाप पादर्शी हुनुपर्ने बताए ।
उनले बहुउद्देशीय सहकारीले कृषि गतिविधि सञ्चालन गर्न पाउने भएकाले कृषि गतिविधिमार्फत किसानको जीवनस्तर उकास्ने काममा जुट्न आग्रहसमेत गरे । खजुरा गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै सहकारीहरुलाई गाउँपालिकाको अभियानमा सहकार्य गर्न आग्रह गर्दै उनले महिलाहरु सहभागी कालिका सहकारीको गतिविधिले आफु हर्षित भएको उल्लेख गरे ।
उनले निर्वाचित जनप्रतिनिधिहरुले कामको शिलशिलामा कहि कतै भ्रष्टाचार र अनियमितता भएको पाइएमा तत्काल खबरदारी गर्न सहकारीमा आवद्ध महिलाहरुलाई आग्रह गरे । ३ सय १९ महिला सदस्य रहेको संस्थाकी अध्यक्ष करुणा थापाको अध्यक्षतामा भएको कार्यक्रममा मैना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । सहकारीले चालु आर्थिक वर्षमा १ करोड ३१ लाख ३६ हजार ५३ रुपैयाँ लगानी गरेको जनाएको छ ।

Next Post

जनप्रतिनिधीलाई सम्पत्ती करबारे प्रशिक्षण

२० आश्विन २०७५, शनिबार १६:२३
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेस्थित खजुरा गाउँपालिकाले सम्पत्ती करबारे प्रशिक्षण दिन शुरु गरेको छ । गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र नागरिक अगुवाले सम्पत्ती करबारे प्रशिक्षण लिइरहेका छन् । उनीहरुले गाउँपालिकाको ८ वटै वडामा पुगेर सम्पत्ती करबारे जनतालाई बुझाउने छन् । त्यसपछि मात्र सम्पत्ती कर लागु गरिने खजुरा गाउँपालिकाले […]

सम्बन्धित