पप्पु कन्स्ट्रक्शनका तत्कालीन अध्यक्ष रौनियार सांसदबाट निलम्बित

१९ आश्विन २०७५, शुक्रबार १७:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्शनका अध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेपछि कन्स्ट्रक्शनका सञ्चालक एवं सांसद हरिनारायण रौनियार निम्बनमा परेका छन् ।
आयोगले पप्पु कन्स्ट्रक्शनका तत्कालीन अध्यक्ष एवं सांसद रौनियार, उनका छोरा तथा अहिलेका अध्यक्ष सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । संघीय समाजवादी फोरम नेपालबाट सांसद बनेका रौनियारमाथि भ्रष्टाचारको मुद्दा दायर भएलगत्तै उनको सांसद पद निलम्बनमा परेको हो ।
पप्पु कन्स्ट्रक्शनले समयमा ठेक्काको काम नसकेको, गुणस्तरहीन काम गरेकोलगायतका आरोप लाग्ने गरेपछि रौनियारले पप्पु कन्स्ट्रक्शनको अध्यक्षबाट राजीनामा दिएर छोरालाई अध्यक्ष बनाएका थिए ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदा बाङो देखिएको र उद्घाटन नहुँदै भत्किएको लगायत आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
निलम्बित सांसद रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको हो ।

Next Post

राजदूत केडीद्वारा डुडुवामा अवलोकन भ्रमण

१९ आश्विन २०७५, शुक्रबार १७:२४
सदरलाइनडटकम, डुडुवा (बाँके) : युरोपियन युनियनकी राजदूत भेरोडिना केडीले बाँकेको डुडुवा गाउँपालिकाअन्तर्गत बाढी डुबान प्रभावित क्षेत्रको अवलोकन गरेकी छन् । बाढी पीडितसँग भेटघाट गर्दै उनले विपत प्रभावित क्षेत्र गाउँपालिकाको होलिया आसपास राप्ती नदीको कटानको अवलोकन गरिन् । अवलोकनपछि गाउँमा आयोजित स्थानीयसंगको भेटघाटमा उनले बाढी डुबानको समस्याले चिन्तित भएको बताउँदै विपद् व्यवस्थापनका […]