राजदूत केडीद्वारा डुडुवामा अवलोकन भ्रमण

१९ आश्विन २०७५, शुक्रबार १८:५२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : युरोपियन युनियनकी राजदूत भेरोडिना केडीले बाँकेको डुडुवा गाउँपालिकाअन्तर्गत बाढी डुबान प्रभावित क्षेत्रको अवलोकन गरेकी छन् । बाढी पीडितसँग भेटघाट गर्दै उनले विपत प्रभावित क्षेत्र गाउँपालिकाको होलिया आसपास राप्ती नदीको कटानको अवलोकन गरिन् ।
अवलोकनपछि गाउँमा आयोजित स्थानीयसंगको भेटघाटमा उनले बाढी डुबानको समस्याले चिन्तित भएको बताउँदै विपद् व्यवस्थापनका लागि गाउँपालिकाले बनाएको योजना ठीक रहेको बताइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका क्षेत्रमा विपद् व्यवस्थापनको अवस्थाका बारेमा जानकारी गराउँदै जिल्लाकै अति प्रभावित क्षेत्र रहेकाले पञ्चबर्षीय योजना निमार्ण गरि कार्य गरिरहेको बताए ।
नदी कटान नियन्त्रण, आश्रय स्थल निमार्णलगायतका बारे जानकारी दिँदै उनले दातृ निकायको ध्यानाकषर्ण गराए । नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा राजदूत बाढी प्रभावित क्षेत्रको अवलोकन तथा स्थानीयसंग भेटघाट गरेकी हुन् । कार्यक्रममा रेडक्रस बाँके सभापति गोबद्र्धनसिंह सम्झना, गाउँपालिका उपाध्यक्ष साहिदा बानोलगायतको उपस्थिती थियो ।


Next Post

अढाई महिनामा ९ वटा सडक दुर्घटना

१९ आश्विन २०७५, शुक्रबार १८:५२
सदरलाइनडटकम   नेपालगञ्ज  : बाँकेमा पछिल्लो अढाई महिनामा भएका ९ वटा सडक दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले चालु आर्थिक वर्ष २०७५/०७६को साउनदेखि हालसम्म भएका गम्भीर प्रकृतिका ९ वटा सडक दुर्घटनाको घटनामा परेर ३ पुरुष र एक महिला गरी ४ जनाले ज्यान गुमाएको जनाएको […]