नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमवार थप एकजनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ६ रुकुम पश्चिमकी ७६ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि भदौं १४ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । उनको उपचारकै क्रममा सोमवार विहान साढे ९ बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४०१ जनाको मृत्यु भएको छ ।