नेपालगञ्जको प्रति घरधुरीबाट दैनिक २४२ ग्राम फोहर उत्सर्जन हुने

सदरलाइन संवाददाता ८ बैशाख २०८१, शनिबार १४:०८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरमा दैनिक उत्पन्न हुने फोहरको बारेमा अनुसंधान गरी प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालगञ्ज उपमहानगरमा सरदर प्रति घरधुरी दैनिक २ सय ४२ ग्राम उत्सर्जन हुने गरेको पाईएको हो ।

नेपालगञ्ज उपमहानगरमा दैनिक उत्पन्न हुने फोहरको बारेमा अनुसंधान गरी प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ । बि–ग्रुपले एमडिएम फ्रान्ससंगको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत अभियन्त्र कन्सल्टिङ्ग फर्म प्रालि काठमाडौले नेपालगञ्जमा गरेको स्थलगत अनुसंधानका अनुसार नेपालगञ्जमा प्रतिदिन सरदर प्रति घरधुरी २४२ ग्राम फोहर उत्सर्जन हुने अनुसंधान फर्मका वाताबरण ई हितेश पन्तले जानकारी दिए ।

उनले भने–‘ नेपालगञ्जमा दैनिक रुपमा सरदर २ सय ४२ ग्राम फोहर उत्सर्जन हुने गरेकोमा सघन वस्तीको घरधुरीबाट १२१ ग्राम, ग्रामिण वस्तीमा ३६ ग्राम र बजारक्षेत्रमा १८२ ग्राम फोहर उत्सर्जन हुने गरेको छ । त्यसमा उद्योग, पसल, होटल लगायतको स्थानबाट उत्सर्जन हुने फोहरलाई एकीकृत गर्दा सरदर प्रतिघरधुरी २४२ ग्राम फोहर निस्कने गरेको पाईएको छ ।’

परियोजना अन्तरगत नेपालगञ्ज उप–महानगरपालिका भित्रका घर, होटल, संघ संस्था, र बजारबाट उत्सर्जन भएका फोहोरमैला व्यवस्थापन सम्बन्धी गुणात्मक र मात्रात्मक अनुसन्धान गर्दै फोहोरमैला व्यवस्थापन सम्बन्धि नविनतम् सुझावहरु सहितको अध्ययन प्रतिवेदन तयार परिएको साझेदार संस्था एमडिएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले जानकारी दिए ।


उनले नेपालगञ्ज नगरपालिकामा फोहर व्यवस्थापनको क्षेत्रलाई विभिन्न क्षेत्र तथा संघसंस्थाबाट अस्पताल जन्य फोहर व्यवस्थापन अध्यययन अवलोकनको लागि आउने बाटो निर्माण गरेको कुरामा जोड दिए ।

परियोजना सञ्चालन गर्दैैै आएको संस्था बि–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले परियोजनाले नेपालगञ्जको विभिन्न टोल, बस्ती र बजार क्षेत्रमा पुगेर आफ्नो अनुसंधान गरेको जानकारी दिदै प्रारम्भिक चरणको तथ्याङ्क निकाल्न सफल भएको बताउदै यसका राम्रा नराम्रा पक्ष केलाउदै सुझाव दिन आग्रह गरे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक समिर प्रताप सिंहले उपमहानगरमा दैनिक उत्पन्न हुने फोहरको अवस्था अनुसंधानबाट जानकारी भएकोले यसको व्यवस्थापनको लागि प्राप्त सुझावलाई कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले सहजिकरण गरको कार्यक्रममा विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँके क्षेत्रनं. १ द्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

८ बैशाख २०८१, शनिबार १४:०८
नेपालगञ्ज : नेपाली कांग्रेस बांँके क्षेत्रनं १ द्वारा नयां वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम आयोजना गरिएको छ । क्षेत्रीय सभापति पोषण केसीको अभ्यक्षतामा सम्पन्न कार्यक्रमको ,प्रमुख अतिथि केन्द्रीय सदस्य डा गोपाल दहित रहेका थिए ।सो कार्यक्रममा कार्यबहाक सभापति तथा उपसभापति गोपाल अधिकारी, लुम्बिनी […]