सदरलाइनडटकम,
रुकुम : ट्रयाक्टरबाट खसेर रुकुम पूर्वमा एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट पूर्वको भुमे गाउँपालिका २ काँक्रितर्फ जाँदै गरेको म १ त ७९७ नम्बरको ट्रयाक्टरबाट खस्दा भुमे २ सीमचौरकी २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो ।
ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएकी घर्तीको उपचारका क्रममा रुकुमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको ट्रयाक्टरबाट खसेकी घर्तीलाई अगाडीको पाँग्राले किचेको थियो । जाजरकोट बस्ने चालक शितल शाहीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
