‘सिमित जनशक्तिमा लक्ष अनुसारको कार्य सम्पादन गर्न कठिन’

सदरलाइन संवाददाता १२ माघ २०८०, शुक्रबार १९:३२
 

नेपालगञ्ज :  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनशक्तिको अभावको कारण लक्ष अनुसारको प्रगति गर्न कठिन हुने गरेको बताईएको छ । शुक्रबार नेपालगञ्जमा आयोजित दोस्रो चौमासिक समिक्षा कार्यक्रमका अवसरमा कार्यालय प्रमुख अमित भुषण सुमनले सो कुरा बताएका हुन ।

उनले मन्त्रालयको अत्यन्तै कम प्राथामिकतामा रहेको आफ्नो कार्यालय अन्तरगत एक डिभिजनल कार्यालय सहित ६ वटा जिल्लाका लागि ९ जना जनशक्तिले खाद्य अनुज्ञापत्र जारी गर्नु, बजार अनुगमन, सेम्पल संकलन गर्नु, लगायतका कार्यसम्पादन गर्नु आफुहरुको बाध्यता रहेको सो अवसरमा उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरिक्षक एकराज बुढाथोकीले सहिजकरण गरेको सो कार्यक्रममा, डिभिजन कार्यालय दाङ्गका उज्ज्वल रायमाझी र नेपालगञ्ज कार्यालयका खाद्यय निरिक्षक रामहरी लामिछानेले आफ्नो कार्यालयबाट सम्पादन भएको कार्य प्रगति बारे प्रस्तुत गरेका थिए । सबै प्रस्तुतीमा अत्यन्तै सिमित कर्मचारी र साधनको अभावमा काम गर्नु परेको बाध्यता प्रस्तुत गरिएको थियो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आर्थिक बर्ष २०८०–८१ मा चालु र पुँजीगत गरि २ करोड ४४ लाख १० हजार बजेट मध्ये ८९ प्रतिशत खर्च गरेको छ ।

कार्यक्रममा बाणिज्य कार्यालय बाँकेका विष्णु प्रसाद धिताल, पशु तथा भेटनरी अस्पताल नेपालगञ्जका प्रमु्ख कमला अधिकधारी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभात कुमार ठकुरीलगायतले आ–आफ्नो सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सांसद शर्माको पहलमा भेरीमा प्रसुती गृह बन्ने

१२ माघ २०८०, शुक्रबार १९:३२
नेपालगञ्ज : सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेकोछ । लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न […]

सम्बन्धित