बाँकेमा १९ लाख बढिको अवैध खाद्यान बरामद

सदरलाइन संवाददाता १० असार २०७९, शुक्रबार १४:१७
 

नेपालगञ्ज : भारतबाट भन्सार छली ल्याएको ठुलो परिमाणको चिनी र दाल बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ नन्दनी मिलको प्राङगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा भित्र्याइएका सामानहरु भण्डरण गरी राखेको अवस्थामाबाट बरामद गरेको हो ।

प्रहरीका अनुसार, उक्त स्थानमा तलासी लिँदा खरिद विक्रीको कुनै कागजात नभएको ५२० वोरी चिनी अन्दाजी मुल्य १८ लाख २० हजार र बोडीको दाल ५१ वोरी मुल्य १ लाख ७ हजार गरि जम्मा १९ लाख २७ हजार बराबरको बरामद गरेको हो ।


उक्त सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझइाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा दुईजना फरार प्रतिवादी पक्राउ

१० असार २०७९, शुक्रबार १४:१७
बर्दिया : विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका ५ बस्ने ओम प्रकाश थारु र वडा नं. १ बस्ने चक्र बहादुर बिसी भन्ने चक्र बहादुर बिक रहेका छन् । उनीहरु दुवैलाई ईलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँबाट खटिएको प्रहरी टोलीले बिहिबार […]