भारतीय सैनिक विमान दुर्घटना, चालक सकुशल

१९ आश्विन २०७५, शुक्रबार १५:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् ।
उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनऊबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा विमान दुर्घटनाग्रस्त भएको हो । भारतीय वायु सेवा निगमको दुई सीटमात्र भएको विमान दुर्घटनापछि चालकहरु बाहिर निस्किएका थिए ।

Next Post

पप्पु कन्स्ट्रक्शनका तत्कालीन अध्यक्ष रौनियार सांसदबाट निलम्बित

१९ आश्विन २०७५, शुक्रबार १५:२२
सदरलाइनडटकम, काठमाण्डौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्शनका अध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेपछि कन्स्ट्रक्शनका सञ्चालक एवं सांसद हरिनारायण रौनियार निम्बनमा परेका छन् । आयोगले पप्पु कन्स्ट्रक्शनका तत्कालीन अध्यक्ष एवं सांसद रौनियार, उनका छोरा तथा अहिलेका अध्यक्ष सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । संघीय समाजवादी फोरम […]