मंगलवार कुशे औँसी पर्व मनाईंदै

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १३:११
 

नेपालगञ्ज : प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व मंगलवार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।


आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दुई नियन्त्रणमा

२२ भाद्र २०७८, मंगलवार १३:११
नेपालगञ्ज  : बाँके प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा–५ बाट ९ ग्राम ५ सय मिलिग्राम लागु औषध ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । लागु औषध ब्राउनसुगरको कारोबार भैरहेको भन्ने सुचनाका आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको टोलीले सोमबार सांझ […]