निर्मलाको हत्यारा बम दिदीबहिनीलाई मात्र थाहा रहेको पूर्वमन्त्री बलायरको आरोप

१७ आश्विन २०७५, बुधबार १३:४६
 

सदरलाइनडटकम,
डोटी : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेको छन् । पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले यस्तो दाबी गरेका हुन् ।
नेपाल प्रेस युनियन डोटीले दिपायलमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता बलायरले निर्मला हराएकै राति बम दिदिबहिनीको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव भेट्ने जिकिर गरे ।
निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरु कसैलाई थाहा नभएको दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उहाँले बताउँदै नेता बलायरले प्रधानमन्त्री ओलीले बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए ।

Next Post

नेपालमा आयुर्वेद तथा योग विश्वविद्यालय स्थापना हुने

१७ आश्विन २०७५, बुधबार १३:४६
सदरलाइनडटकम, काठमाण्डौ : पतंजलि योगपीठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ । पतंजलि योगपीठ नेपालका अध्यक्ष एवं प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए । मण्डिखाटारस्थित केन्द्रीय कार्यालयमा बुधवार पत्रकार सम्मेलन गरी उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, […]

सम्बन्धित