नेपालमा आयुर्वेद तथा योग विश्वविद्यालय स्थापना हुने

१७ आश्विन २०७५, बुधबार १४:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : पतंजलि योगपीठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ । पतंजलि योगपीठ नेपालका अध्यक्ष एवं प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।
मण्डिखाटारस्थित केन्द्रीय कार्यालयमा बुधवार पत्रकार सम्मेलन गरी उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सम्बन्धित मन्त्रालयसँग छलफल भएको बताए ।
योगपीठले खेलप्रति इच्छुक बालबालिकका लागि स्पोट्र्स विद्यालय स्थापना गर्ने घोषणासमेत गरेको छ । प्रतिभाशाली बालबालिकाहरुलाई अघि बढाउन नेपालमा स्पोट्र्स विद्यालय स्थापना गर्ने लक्ष्य लिइएको अध्यक्ष बालकृष्णले उल्लेख गरे ।
पतंजलि योगपीठले नेपाललाई आयुर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्छ बनाउन चाहेको पनि बताउँदै नेपाली मूलका आचार्य बालकृष्णले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने स्पष्ट पारे । उनले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दाबी गरे ।

Next Post

पश्चिम नेपालबाट बाहिरियो मनसुन

१७ आश्विन २०७५, बुधबार १४:४८
सदरलाइनडटकम, काठमाण्डौ : यो वर्षको मनसुन पश्चिमी क्षेत्रबाट मंगलवार सकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रबाट मनसुन गईसकेकोले अब केही दिनभित्रै पूर्णरुपमा मनसुन बाहिरिने मौसमविदले जनाएका छन् । मौसमविद समिर श्रेष्ठे पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसके पनि मध्य तथा पूर्वमा मनसुनको प्रभाव अझै कैही दिन रहने बताए । […]