सदरलाइनडटकम,
नेपालगञ्ज : किशोरीलाई बलात्कार गरेको आरोपमा नेपालगञ्जमा एक बृद्ध पक्राउ परेका छन् । एक १४ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका १८ का ६५ बर्षीय बृद्ध पक्राउ परेका हुन् ।
बृद्धले आइतवार दिउँसो किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले सोमवार विहान प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालले बताए ।
पीडक र पीडितको नाम गोप्य राखेको प्रहरीले बृद्धमाथि थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको बताएको छ ।
