सदरलाइनडटकम,
पाल्पा : करणी गरेको आरोपमा पाल्पामा एक जना पक्राउ परेका छन् । आफ्नै ठूली आमा नाता पर्नेलाई जबरजस्ती करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवक पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको बताए ।
पक्राउ परका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन भने उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
