कोरोना भ्याक्सिनले नै ज्यान लिन थालेपछि……

सदरलाइन संवाददाता ४ माघ २०७७, आईतवार १३:२४
 

काठमाण्डौ : कोरोना भाइरस विरुद्धको भ्याक्सिनबाटै मानिसहरुको ज्यान जान थालेपछि तनाब बढेको छ । फाइजरको भ्याक्सिन लगाएर अहिलेसम्म नर्वेमा कम्तिमा २९ जनाको ज्यान गएको छ । पछिल्लो पटक नर्वेमा भ्याक्सिन लगाएका ६ जनाको ज्यान गएसँगै अहिलेसम्म नर्वेमा मात्र ज्यान गुमाउनेको संख्या २९ पुगेको हो ।

भ्याक्सिनका कारण धेरै जसो वृद्धवृद्धाको ज्यान गएको छ । उनीहरुको उमेर ७५ लेखि ८० वर्ष रहेको बताइएको छ । नर्वेमा करिब ४२ हजार जनालाई फाइजरको कमसेकम एक डोज भ्याक्सिन दिइएको छ । यो भ्याक्सिन वृद्धवृद्धासहित अन्य मानिसहरुलाई पनि खतरनाक मानिएको छ ।


नर्वे मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई एक लिखित जवाफ दिँदै शुक्रबारसम्म सिर्फ बाफइजर र बायो एनटेक एसईबाट उत्पादित भ्याक्सिन नेर्वेमा उपलब्ध भएको र सबै मृत्यु यही भ्याक्सिनबाटै भएको बताएको छ ।

Next Post

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

४ माघ २०७७, आईतवार १३:२४
काठमाण्डौ : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी […]