सदरलाइनडटकम,
४ बैशाख, वर्दिया : बर्दियामा घर लिपपोत गर्ने माटो लिन गएका व्यक्तिहरु माटोको ढिस्कोले पुरिदा एकको मृत्यु हुनुको साथै दुईजना घाइते भएका छन् ।
मधुवन नगरपालिका–५ वर्दियाकी २५ वर्षिया गणेश शाहीको माटोको ढिस्को झर्दा पुरिएर मृत्यु भएको छ । उनीसँगै माटो लिन गएकी अन्य दुई जना महिला घाइते भएका छन् ।
घाइते हुनेहरुमा सोही ठाउँकी २१ वर्षिया सुर्जा शाही र २६ वर्षिया सुश्मिता विक रहेकी छन् । सुर्जा शाही गर्भवती भएको र उनको खुट्टामा गम्भीर चोट लागेको कारण उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको बर्दिया प्रहरीले जनाएको छ ।
सुश्मिता विकलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनास्थल डाडे सामुदायिक बन भित्रको माटो खानीमा प्रहरी पुगेको र घटनाको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।
Next Post
एकिकरणको जिम्मा दुई अध्यक्षलाई
४ बैशाख २०७५, मंगलवार १२:०६
सम्बन्धित
-
२९ फाल्गुन २०७६, बिहीबार १२:२३
लखनऊमा भेटिए कोरोना संक्रमित
-
१५ बैशाख २०८०, शुक्रबार १५:३९
किसान परिचय पत्र वितरण गरिँदै
-
९ पुष २०७५, सोमबार १४:३४
बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री पोखरेल पुगे ट्रमा सेन्टर
-
१६ असार २०७७, मंगलवार १६:२६
वडाध्यक्षको सुविधा कटौती गरिने
-
२५ माघ २०७९, बुधबार १४:३१
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वाशको मत नदिने भएपछि बैठक स्थगित
-
९ आश्विन २०७६, बिहीबार १८:३७
क्वीक्स कप : दाङ र बर्दिया बराबरी