अन्नु हत्याको मुद्दा कमजोर बनाउने षडयन्त्र भईरहेको आफन्तको आरोप

१३ आश्विन २०७५, शनिबार १८:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई मोडेर कमजोर बनाउन खोजिएको आरोप लगाइएको छ । भदौ १४ गते राति हत्या भएको अन्नुका आफन्तले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्टमार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गरिन् । बाँके जिल्ला अदालतमा अन्नु घटनाको मुद्दा दर्ता भई विचाराधीन छ ।
भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो ।
पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको भन्दै माइतीपक्षले नालीमा डुवेर मर्ने पानीनै नभएकाले यस्तो रिपोर्ट दबाव या कसैको प्रभावमा बनाइएको गुनासो गरेको छ ।
पोष्टमार्टम रिपोर्ट शंकास्पद रहेकोले न्याय प्रभावित हुन नुहने आफन्त सुरेन्द्र वर्माले बताए । अन्नुका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेकोमा घटनापछि घर फर्किएका थिए ।
अन्नुमाथि यसअघि पनि विभिन्न निहुँमा सासुलगायत घरपरिवारबाट कुटपिट भएको माइती पक्षले दावी गरेको छ । सासु धनदेई र गाउँकै तेलीबीच अवैध सम्बन्धबारे जानकारी पाएका कारण अन्नुको हत्या भएको माइती पक्षको आरोप छ ।

Next Post

नीलसागरको आफ्नै भवन बन्ने

१३ आश्विन २०७५, शनिबार १८:३६
सदरलाइनडटकम, नेपालगञ्ज : नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्र्थापना केन्द्रको अब आफनै भवन बन्ने भएको छ । नेपालगञ्ज ५ फुलटेक्रा राजभवन निवासी छत्र कुमारी राणाले २ कठ्ठा जग्गा दान दिएपछि केन्द्रको कैलाश नामक भवन निर्माण गर्ने तयारी गरिएको हो । हाल दाताबाट नेपालगञ्ज १२ शान्तिनगरमा सञ्चालित केन्द्रमा ४० जना संरक्षित […]