तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गरिने

सदरलाइन संवाददाता ७ फाल्गुन २०८०, सोमबार १४:०१
 

नेपालगञ्ज : बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चुरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले केएल दुगडको अनुगमनका क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिक जरिवाना र आवश्यक कारवाही गर्ने बताए ।

केएल दुगडले उत्पादन गरेको २० किलो चुरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्राम देखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपपछि सभापति खानले आकस्मिक निरीक्षण गर्दा उपभोक्तलाई ठगी गर्दै आएको भेटेको बताए । केएल दुगडको अनुगमन गरेर फर्किए पछि सोमबार पत्रकारहरु संग कुरा गर्दै सभापति खानले उपभोत्तालाई ठगेको भेटिएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गर्ने जिकिर गरे ।

सभापति खानले भने, हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न, तौल कम गरेर उपभोक्तालाई ठग्नेहरु जुन स्तरको व्यापारी भए पनि समितिले कारवाही गरिनेछ ।

केएल दुगडका केही कर्मचारीहरुले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरे पछि प्रहरीको सहयोगमा खानले उद्योग भित्र अनुगमन गर्दा उक्त समस्या देखा परेको सभापति खानका निजि सचिव अतिउल्ला मुसलमानले जानकारी दिए ।


यस्तै केएल दुगडका प्राविधिक म्यानेजर प्रेम कुमार शर्माले अनुगमनका क्रममा अवरोध भएको स्विकार गरे । उनले कर्मचारीमा शिक्षाको कमी भएकोले उक्त समस्या आएको बताउँदै भविष्यमा सुधार गरेर जाने जिकिर गरे । केही खाद्यान्नमा तौल कम भएको बताउँदै उक्त गल्तीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति खानले आईतबार बाँकेको गनापुरमा रहेको केएल दुगड, पानस कम्पनी र अम्बे टिलको समेत अनुगमन गरी उद्योगहरुमा काम गर्ने मजदुरहरुको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेका थिए ।

सभापति खानले अम्बे स्टिलमा काम गर्ने मजदुरहरुले समयमा पैसा पाउन नसकेको गुनासो गर्नुका साथै सुरक्षा कब्जहरु समेत कम्पनीले उपलब्ध नगराउँदा जोखिम मोलेर काम गरी रहेको पिडा सुनाएको बताए । उनले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउँदै काठमाडौ फर्किएलगत्तै लिखित रुपमा आवश्यक निर्देशनहरु पठाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका लाकुरेको परिवारलाई सहयोग

७ फाल्गुन २०८०, सोमबार १४:०१
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रूपमा बसोबास गर्दै आएका लाकुरे दमाईको परिवारका लागि आवश्यक खाद्य सामग्री सहयोग गरिएको छ । जीवनको ऊर्जाशील समय वर्गीय मुक्ति आन्दोलन र समाज परिवर्तनको अभियानमा बिताएका ५९ वर्षीय लाकुरेको अस्थायी बासमा अन्नपात नभएको समाचार गोरखापत्रमा प्रकाशित भएको थियो । खजुरा गाउँपालिकाले तत्काल केही […]