पूर्व प्रेमिकाको ‘हनी ट्रयापिङ्ग’मा पर्दा ५ लाख बुझाएर उम्किए पूर्व प्रेमी

२५ भाद्र २०७५, सोमबार २०:२७
 

सदरलाइनडटकम, 
कोहलपुर (बाँके) : ‘हनी ट्रयापिङ्ग’को शैलीमा पूर्वप्रेमीकाको प्रयोग गरी अपहरण र बलात्कारको मुद्दामा फसाउने धम्की देखाउदै बन्धक बनाएर ५ लाख रकम असुल्ने तीन जना प्रहरी नियन्त्रणमा परेका छन् ।
उनीहरुको समूहले नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका युवकलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएपछि मात्र घटना सार्वजनिक भएको हो । घटना गत भदै ५ गतेको हो ।
पक्राउ पर्नेमा संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दाङ्गा नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की २६ वर्षीया श्रोती हमाल रहेका छन् । हमाल पीडित अन्सारीको पूर्व प्रेमिका हुन ।
अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पीडित अन्सारी हमालका पूर्व प्रेमी रहेको र हमालले नै पटक–पटक कर गरेर बोलएपछि उनी बोलाएको ठाँउमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद थपिएको छ ।
प्रहरी नायव उपरीक्षक सिंहले घटनाबारे जानकारी दिदै भने–‘युवती हमालले अन्सारीलाई प्रहरी जवानद्वयको सल्लाहमा भदौ ५ गते राँझाको निशा होटलको कोठामा भेट्न बोलाईन । अन्सारी युवतीसँग होटलको कोठा मै रहेका बेला प्रहरी जवानद्वय आचार्य र बोहरा जबरजस्ती कोठामा प्रवेश गरी उनीहरुले आफुहरु प्रहरी भएको भन्दै अन्सारीले हमाललाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेर कारबाही चलाउने धम्की दिदै कुटपिट गरी कुरा मिलाउन रकम डिमाण्ड गरेको पाईयो ।’
डिएस्पी सिंहका अनुसार पूर्व प्रेमिकाको हनि ट्रयापमा परी सकेको अन्सारीले आफूले त्यस्तो केही गलत नगरेको र दुवैजना सहमति मै होटलमा बसेको जवाफ दिएर उम्कने प्रयास गरे पनि घटना सामसुम पार्न प्रहरीद्वयले अन्सारीसँग पाँच लाख रुपैयाँ डिमाण्ड गरेको र त्यो पैसा दिएर उम्कन हमालले नै अन्सारीलाई दवाव दिएपछि उनले तिरेको बताए ।
अन्सारीले साथिभाइसँग सरसापट गर्दा पनि ५० हजार रुपैयाँ अपुग अपुग भएपछि ५० हजार होटल निशाकी संचालक कृष्णाकुमारी घर्तीसँग अन्सारीले पछि फिर्ता गर्ने शर्तमा अन्सारीलाई पैसा दिएपछि अन्सारीलाई कोठाबाट मुक्त भएका अन्सारी त्यसदिनदेखि सम्पर्कमा छैनन् ।
अन्सारीलाई दिएको ५० हजार रुपैयाँ प्राप्त नभएपछि होटल संचालक घर्तीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएपछि मात्र घटना सर्वाजनिक भएको हो । पीडित भनिएका अन्सारीका आफन्त मात्र प्रहरीको सम्पर्कमा आएको र पीडित बाहिर भएको कारण अन्य कुरा अनुसंधान हुन बाँकी रहेको डिएस्पी सिंहले बताए ।

Next Post

अर्को वार्ताका लागि उत्तर कोरियाले पठायो अमेरिकालाई पत्र

२५ भाद्र २०७५, सोमबार २०:२७
सदरलाइनडटकम, काठमाण्डौ : उत्तर कोरियाका नेता किम जोङ उनले दोस्रो वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएका छन् । उनले ऐतिहासिक सिंगापुर वार्ताको ‘फलो’ गर्न दोस्रो वार्ताका लागि अमेरिकालाई पत्र पठाएका हुन् । पत्र पठाउनुको किमको पहिलो उद्देश्य राष्ट्रपति ट्रम्पसंग अर्को वार्ता रहेको बुझिएको छ । ह्वाइट हाउसकी प्रवक्ता साराह […]