‘सिमसार’ संरक्षण गर्नको लागि सबैको सहभागिता आवश्यक

२० माघ २०७४, शनिबार १७:३८
 

सदरलाइनडटकम
२० माघ, नेपालगन्ज  : ‘दिगो शहरी भविश्यको लागि सिमसार’ भन्ने मुल नाराका साथ विश्व सिमसार दिवस बाँकेमा पनि मनाईएको छ । पुथ्वीको मृगौलाको उपनामले चिनिने सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यकता महशुस गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन सिमितिको आयोजनामा  भएको  कार्यक्रमा  नेपालमा  विश्वको  २८  वटा  स्वच्छ  पानीका सिमसार  मध्ये  २०  वटा नेपालमा रहेको र यसको संरक्षणको लागि सबैले आ–अहाफ्नो क्षेत्रबाट पहल गरिनु आवश्यक रहेको औल्याईएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बाँके निर्वाचन क्षेत्रनं. १ क बाट निर्वाचित प्रदेस सभा सदस्य कृष्णा केसी नमूनाले सिमसारको महत्व सबैले बुझेर यसको संरक्षण गर्नको लागि आफुले सक्दो पहलगर्ने बताईन । उनले बढ्दो अव्ययस्थित शहरीकरणका कारण बन, तथा सिमसार क्षेत्र अतिक्रमण हुँदै आएकोले यसको संरक्षणको लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गरिनु पर्नेमा उनको जोड रहेको छ ।
सिमसार क्षेत्र जमिनको मृगौला भएकोले सिमसारको संरक्षण गर्न अत्यन्तै आवश्यक भएको बताउदै यसको संरक्षण गर्न सके मात्र पनि पर्यपर्यटनको समेत संभावना भएकोले संरक्षणमा विषेश ध्यान दिन आवश्यक रहेको उनको भनाई रहेको थियो ।
उनले मानव र जंगली जनावर बीचको द्वन्द्व हुन नदिनको लागि संरक्षण नीतिलाई परिमार्जित गरिनु पर्ने बताउदै उनले भनिन–‘बन र बन्यजन्तुको संरक्षण गर्न सके रोजगारी र आम्दानीको स्रोत पनि बढ्दै जाने भएकोले सबैले अव जंगली जनवारसंग द्वन्द्व होईन संरक्षणको नीति तर्फ सबै एकजुट हुन आवश्यक रहेको छ ।’
उनले जंगली जनावरका कारण मानवले भोग्नु परेको क्षतीको क्षर्ती पूर्ती दिने नीतिको अभावको कारण निकुञ्ज, सामुदायिक बन र राष्ट्रिय बनका जनावरले मध्यवर्ती क्षेत्र आसपास वा बनको नजिक घर भएका किसानले लगाएको बालि, चौपाय नोक्सान भएमा नोक्सानको भरपाई नहुने गरि राहत दिदै आएको बताईन ।
राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो गाउपालिकामा भएका सिमसारको संरक्षणमा आफुले विशेष पहल गर्ने बताए । उनले भने–‘हामीले गाउपालिका भित्र रहेका सिमसार क्षेत्रको संरक्षण तथा मानव र जंगली जनावरबीचको द्वन्द्व कम गर्ने उद्देश्यले तारजालीको लागि विशेष व्यबस्था गरेका छौ ।’उनले जंगली जनावरको कारण भएको क्षतिपूर्तीको लागि राहत नभएर अव क्षतिपूर्तीको व्यवस्था गरिनु पर्ने गरी नीति बनाउन समेत आग्रह गरे ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहदुर पुर्जामगरले भावी संततीको लागि प्राकृतिक स्रोतको संरक्षण गर्नको लागि निकुञ्जको स्थापना गरिएको बताउदै निकुञ्ज तथा यस आसपासमा रहेका ९ वटा मध्यवर्ती समुहको प्रमुख दायित्व मानव जंगली जनावरवीचको द्वन्द्व कम हुने गरी संरक्षण अभियानमा जोडिनु रहेको कुरामा जोड दिए ।  कार्यक्रम बाँके राष्ट्रिय निकुञ्जको संरक्षण सहयोगि संस्था तराई भु–परिधि कार्यक्रम (ताल) को आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।कार्यक्रम बाँके राष्ट्रिय निकुञ्जको संरक्षण सहयोगि संस्था तराई भु–परिधि कार्यक्रम (ताल) को आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।
जेडएसएल बाँके बर्दियका संयोजक पवनकुमार गौतमले सिमसारको संरक्षण गर्न सके आर्थिक तथा बाताबरणको क्षेत्रबाट पनि फाईदा उठाउन सकिने बताए । नेपालमा सबै भन्दा बढी स्वच्छ पानीका सिमसार रहेको उल्लेख गर्दै ८ सय बढी सिमसार क्षेत्र रहेको र सबैको संरक्षण हुन आवश्यक रहेको औल्याए ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र राज खड्काले मध्यवर्ती क्षेत्रका ५० हजार बढी जनताले डर, रहर र करले संरक्षण अभियानमा जोडिएको उल्लेख गर्दै राज्यले उनीहरुलाई जंगली जनावरबाट क्षति नहुने खालको खेतीको लागि आवश्यक तालिम दिदै राहत नभएर पूर्ण क्षतिपूर्ती दिने नीति ल्याउन आवश्यक रहेको औल्याए ।
यसैबीच बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतका ९ वटा विभिन्न मध्यवर्ती समुहका २ सय ७६ घरधुरीले जंगली जनावरले पु¥याएको क्षेतिको राहत बापत १४ लाख २८ हजार ७४ रुपैया वितरण गरेको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तरगत बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका जनावरले पु¥याएको क्षतिको लागि क्षेत्रीय बन निर्देशनालाय सुर्खेतबात यो वर्ष मात्र ७ सय ७८ जनाले राहत पाउने गरी रकम निकासा भएको क्षेत्रीय बन निर्देशनालायका निमित्त निर्देशक विष्णु आचार्यले जानकारी दिए ।
मध्यवर्ती क्षेत्र विकास समुहका अध्यक्ष गेहेन्द्र कुमार खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला बन अधिकृत पुष्पाराज बर्तौला, कोलेनिका का प्रमुख ठाकुर पौडेल, निकुञ्जको सुरक्षाको लागि गटिएको मेहर दल गणका गणपति बासुदेव धिमाल, राप्ती सोनारी गाउपालिकाका उपाध्यक्ष घनीकुमारी खत्री बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।     

Next Post

होटल सिटी प्यालेसको स्वाद प्रादेशिक महोत्सवको १३ नं. स्टलमा

२० माघ २०७४, शनिबार १७:३८
सदरलाइनडटकम २० माघ, नेपालगन्ज : नेपालगन्जको धम्बोझि चोकमा रहेको होटल सिटी प्यालेसले आफ्ना ग्राहकको लागि कारकाँदोको महोत्सव परिसरमा समेत व्यवस्था गरेको छ । मोमो तथा चाउमिन लगायत अन्य परिकारको स्वादका पारखिको लागि नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको खाद्य तथा रेस्टुरेन्टको १३ औं नं. स्टलमा व्यवस्था गरिएको छ […]