सदरलाइनडटकम,
काठमाण्डौ : बंगलादेशमा जारी यू–१९ एशिया कपअन्तर्गत उद्घाटन खेलमा नेपाल पराजित भएको छ । निर्धारित ५० ओभरको खेलमा भारतले ९ विकेटको क्षतिमा ३०४ रन बनायो । ३०५ रनका लागि जवाफी ब्याटिङ गरेको नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन बनाउँदै अल आउट भएपछि १७१ रनअन्तरले पाजित भएको हो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।
अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य लिएको छ । यद्यपी एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ । गत संस्करणको एशिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित हुँदै आएको छ ।
