वायु प्रदूषण मापन

७ भाद्र २०७५, बिहीबार १४:१०
 

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो ।

सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा परीक्षण गरेर जानकारी दिने उपमहानगरले जनाएको छ ।

तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ । पुराना गाडीबाट निस्कने धुँवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न ध्यान दिनुपर्ने सुझाव दिइएको छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा बिरुवा लगाउने गरेको तर नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको डा चिरञ्जीवि खड्काले बताए ।


वायुप्रदूषणका दृष्टिले नेपाल अछुतो नभएको बताउँदै चेक रिपब्लिकका प्राध्यापक पावेलले जनतालाई यसबारे सचेत गराउनु आवश्यक रहेको बताउनुभयो । “विश्वमा प्रतिक्युविक ५० माइक्रोमिटरसम्मको वायु प्रदुषणलाई सामान्य मान्ने गरेकामा तुलसीपुरमा तीन सय माइक्रोमिटरसम्म वायुप्रदूषण भएको पाइएकाले बाटो र घर सफा हुँदैमा वायुप्रदूषणको अवस्था राम्रो छ भन्ने हुँदैन” उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए । तुलसीपुर नगरलाई वायुप्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीमा बिरुवा लगाउने कामलाई निरन्तरता दिएको उनको भनाइ थियो । “हामीले गरेको फोहरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन,” नगरप्रमुख पाण्डेले भने ।

Next Post

‘दुव्र्यसनीविरुद्धको सचेतना’ अभियान

७ भाद्र २०७५, बिहीबार १४:१०
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिनादेखि लागूऔषध दुव्र्यसनीविरुद्धको सचेतना अभियानलाई निरन्तरता दिएको छ । संस्थागत विद्यालयबाट शुरु गरिएको सचेतना अभियान अब सबै क्षेत्रमा पुर्‍याउने योजना जिप्रका सुर्खेतले बनाएको छ । गत साउनमा दुई दर्जन संस्थागत विद्यालयका एक हजार २०० विद्यार्थीसहित शिक्षकसँग प्रहरीले सो कार्यक्रम चलाएको थियो । पहिलो चरणको […]