सदरलाइनडटकम,
धनुषा : नेपालको दुई दिने भ्रमणमा आएका भारत सरकारका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले भारतबाट निर्वाद रुपमा पेट्रोल नेपाल आओस् भन्ने चाहेको बताउनुभएको छ । जानकी मन्दिर दर्शनका लागि शनिवार बिहान जनकपुर आएका मन्त्री उनले नेपाली नागरिकको सुविधाको लागि निर्बाध रुपमा पेट्रोल पठाउन मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम भइरहेको बताउनुभयो ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधनामन्त्री केपी शर्मा ओलीले संयुक्त उद्घाटन गरेको ६९ किलोमिटर पाइपालाइन निर्माणको कार्यसमीक्षा गर्न आफु दुईदिने भ्रमणमा नेपाल आएको मन्त्री प्रधानले जानकारी गराए ।
मन्त्री प्रधानाले पाइपालाइनबाट तेल आउन लागेपछि भारत र नेपालको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानसँगै जनकपुर आएका नेपालका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात शुरु भएपछि आयल निगमको क्षेत्रमा रहेको सबै प्रकारको विकृति र झन्झट हट्ने विश्वास ब्यक्त गरे ।