गाभर भ्यालीबाट चितुवाको छाला र दाह्रा बरामद

१२ आश्विन २०७५, शुक्रबार १२:५३
 

सदरलाइनडटकम    
नेपालगञ्ज : प्रहरीको विशेष टोलीले बाँके बैजनाथ गाउँपालिका–१ गाभरस्थित सामुदायीक होमस्टे (६ नम्बर) को कटेजबाट दुई वटा चितुवाको छाला र दाह्रासहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
पाँच नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले बिहीबार अबेर राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दिया बाँसगढी–१ का २६ वर्र्षिय चन्दन नेपाली र २४ वर्र्षिय कृष्ण बादी रहेको पाँच नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी निरिक्षक देबिप्रसाद पौडेलले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार चन्दनको झोलाबाट जुंगा, नङ र खुरसहितको १ सय ४ ईन्च लम्बाई भएको छाला र ६ वटा दाह्रा बरामद भएको छ भने कृष्णको झोलाबाट जुंगा, नङ र खुरसहितको ९० ईन्च लामो छाला बरामद भएको छ । प्रहरी निरीक्षक पौडेलले दुवै चितुवा गोली प्रहार गरी मारिएको हुन सक्ने बताए ।
पक्राउ परेका नेपाली र बादीलाई थप कारबाहीका लागि डिभिजन बन कार्यालय नेपालगन्जको जिम्मा लगाईएको उनले बताए ।
डिभिजन बन कार्यालयका सहायक बन अधिकृत टेक नेपालीले बरामद छाला र दाह्रा थोप्ले चितुवाको भएको जानकारी दिए । उनले बाँके राष्ट्रिय निकुञ्जको कार्य क्षेत्र अन्तरगत पर्ने भएकोले आवश्यक प्रकृया पुरा गरी बाँके राष्ट्रिय निकुञ्जमा पठाउन लागेको बताए ।
उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (३) अनुसार थोप्ले चितुवाको अङ्ग र प्रत्यङ्गको चोरी सीकार गर्ने वा कारोबार गर्नेलाई ६ महिनादेखि १ बर्षसम्म कैद वा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना अथवा दुवै सजाय हुने व्यवस्था छ । 

Next Post

राष्ट्रसंघमा प्रधानमन्त्री ओलीले गरे अमेरिकाको आलोचना

१२ आश्विन २०७५, शुक्रबार १२:५३
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको एकपक्षीय नीतिप्रति असहमति जनाएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई बिहीवार राति सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा उभिएको जानकारी गराएका हुन् । उनले बहुपक्षीय सद्भाव विश्वको आवश्यकता रहेको बताए । नेपालले तीनवटै तहको […]