कोहलपुरबाट ५ किलो अफिमसहित तीन जना पक्राउ

सदरलाइन संवाददाता ११ श्रावण २०८०, बिहीबार १३:३४
 

कोहलपुर (बाँके) : बाँकेमा प्रहरीले ५ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का ४१ बर्षीय हरिप्रसाद भट्टराई, ३० बर्षीय देबीप्रसाद भट्टराई र ४० बर्षीय भवानी प्रसाद भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


उक्त लजको कोठा नम्बर १०६ मा लागूऔषध अफिमको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले ५ किलो ३६८ ग्राम अफिम र ३ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट पाँच दिन म्याद थप गरी उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

११ श्रावण २०८०, बिहीबार १३:३४
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयलाई तीन वर्षयता राजश्व असुलीका लागि प्राप्त लक्ष्य भेटाउन ‘फलामको चिउरा चपाउनु’ सावित भएको छ । कुनै बेला लक्ष्य भन्दा ३८ प्रतिशत बढि राजश्व असुली गर्ने उक्त भन्सारले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भेटाउन त परै जाओस् लक्ष्य भन्दा ३८ प्रतिशत कम मात्र राजश्व संकलन […]

सम्बन्धित