जानकीमा पनि संविधान दिवसको उमङ्ग

३ आश्विन २०७६, शुक्रबार १६:४८
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा हर्ष र उमङ्गका साथ संविधान दिवस मनाईएको छ । जानकी गाउँपालिकास्तरीय संविधान दिवस मूल समारोह समितिले आज आयोजना गरेको प्रभातफेरी र परिसम्वाद कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
वडा नं. ४ खजुराखुद्र्धको नहरचोकदेखि शुरु भएको प्रभातफेरीमा सहभागि गाउँपालिकावासीले हातमा झण्डा लिएर उत्साहका साथ कृषि तालिम केन्द्रसम्म पुगेका थिए । प्रभातफेरीलाई कृषि तालिम केन्द्रमा पु¥याएर संविधानका विषयमा परिसंवाद कार्यक्रममा परिणत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए । परिसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अशोक रोकायले नेपालको संविधान नेपाली जनभावना सुहाउदो रहेको बताए ।
गाउँपालिका अध्यक्ष रामनिवाय यादवको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ४ का अध्यक्ष विश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोवी, टीकाराम नेपाली, गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर राना लगायतले संविधान दिवसको शुभकामना व्यक्त गरे । कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा जानकी गाउँपालिका कमिटीका अध्यक्ष पदम धिताल, रक्षाराम वर्मा, नेपाली काँग्रेसका नेता छब्बन खाँ, दुखिराम लोनियालगायतले संविधानका बारेमा चर्चा गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले अतिथि तथा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत शाहीले गर्नुभएको थियो । जानकी गाउँपालिकाले बिहीवारदेखि शनिवारसम्म तीनदिन भव्यताका साथ विविध कार्यक्रम गरि संविधान दिवस मनाउने निर्णय गरेको छ । सोही अनुसार विहीवार गाउँपालिकाका छ वटै वडा कार्यालय परिसरमा सरसफाई गरिएको छ भने भोली शनिवार वडा नं. ६ गनापुरस्थित सुर्खेतरोडमा वृक्षरोपण गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए ।

Next Post

लागुऔषध बिक्री गर्ने क्लिनिक सञ्चालक पक्राउ

३ आश्विन २०७६, शुक्रबार १६:४८
सदरलाइनडटकम, कैलाली : लागुऔषध तथा प्रतिबन्धित औषधि बिक्री वितरण गरेको आरोपमा कैलालीमा क्लिनिक सञ्चालक पक्राउ परेका छन् । कैलालीको लम्की चुहा नगरपालिका ४ बलियास्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषधी तथा प्रतिबन्धित औषधी फेला परेपछि क्लिनिक सञ्चालक ३२ वर्षीय मेसककुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी […]