बर्दियाको आइसोलेशनमा तेह्र जना मात्र

२ श्रावण २०७७, शुक्रबार १३:१२
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाका आईशोलेशन सेन्टरमा केही मात्र कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आईशोलेशनमा १३ जना मात्र रहेका छन् ।
घर फर्किनेहरूको संख्या धैरै भएकाले स्वास्थ्यकर्मीको निगरानीमा बस्नेहरूको संख्या कम भएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । जिल्लामा जम्मा १३ जना संक्रमित घर जान बाँकी छन् ।
शुक्रवार बिहानसम्म २६ जना महिला र १ सय ७४ जना पुरूष गरि दुई सय जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हालसम्म २१ महिला र १ सय ६६ पुरूष गरि १ सय ८७ जना घर फर्किसकेका छन् ।

Next Post

भेरीमा भेटिए २८ जना कोरोना संक्रमित

२ श्रावण २०७७, शुक्रबार १३:१२
सदरलाइनडटकम, नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब नमुना परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा बर्दिया, दाङ र रोल्पाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । बर्दियाका १०, रोल्पाका १३ र दाङका ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये […]

सम्बन्धित