पञ्चायतकालीन ऐन संशोधन गर्न प्रचण्डको आग्रह

१० आश्विन २०७५, बुधबार १५:३५
 

सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
बुधवार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उदघाटन गर्दै उनले पुरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गइरहेको स्मरण गराए । अध्यक्ष प्रचण्डले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यक्तामा जोड दिए ।

Next Post

दश बर्षीया किशोरीका हत्याभियुक्त सार्वजनिक

१० आश्विन २०७५, बुधबार १५:३५
सदरलाइनडटकम, पोखरा : पोखराकी १० वर्षीया किशोरी श्रेया सुनारको बलात्कारको प्रयासमा हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधवार पत्रकार सम्मेलन गरी बालिका हत्या गर्ने २७ वर्षीय कुसुम पौडललाई सार्वजनिक गर्दै पौडेलले बलात्कारको प्रयास गर्दा बालिकाको मृत्यु भएको बताएको छ । अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर […]