राप्रपा अध्यक्ष कमल थापा पक्राउपछि रिहा

२५ चैत्र २०७५, सोमबार १६:३६
 

सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ । २२ सूत्रीय माग राख्दै धर्नामा बस्न जाँदै गर्दा अध्यक्ष थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, भाष्कर भद्रासहितका नेता कार्यकर्तालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको राप्रपाका प्रचार विभाग प्रमुख तथा सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
हिन्दु राष्ट्र पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका मागमा दबाब दिन राप्रपाले सोमवार काठमाण्डौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो । शान्तिपूर्ण धर्ना कार्यक्रमकै क्रममा प्रदर्शनी मार्गमा आउने क्रममा पद्मोदय मोडमा प्रहरीले हस्तक्षेप गरेको श्रेष्ठले बताए ।
शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि प्रहरीले व्यापक हस्तक्षेप गरेको बताउँदै सरकार देशलाई मुठभेडमा लैजान चाहेको श्रेष्ठले आरोप लगाए । प्रहरीको हस्तक्षेपमा राप्रपाका ३० जनाभन्दा बढी नेता कार्यकर्ता घाइते भएको भन्दै श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनका क्रममा पोखराबाट पनि आफ्ना नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।

Next Post

भारतले आक्रमणको तयारी गरेको पाकिस्तानको आरोप

२५ चैत्र २०७५, सोमबार १६:३६
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानले भारतमाथि सैन्य आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । पाकिस्तानले विश्वसनीय गुप्चतर सुचनाअनुसार यही अप्रिल महिनामै भारतले सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको हो । तर भारतले भने पाकिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले लगाएको आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको प्रतिक्रिया छ । […]

सम्बन्धित