एक किलो सुनसहित बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता १५ पुष २०७८, बिहीबार १४:३४
 

नेपालगञ्ज : एक किलो सुनसहित बाँकेबाट दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकबाट बारेकोट नगरपालिका–६ जाजरकोटका २२ वर्षीय राजु कार्की र वडा नम्वर ८ बस्ने पूर्णबहादुर विक पक्राउ परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता खिमप्रसाद घर्तिले जानकारी दिए ।

उनका अनुसार राँझामा सुनको अवैध कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा उनीहरुबाट सुनको एउटा विष्कुटसँगै नगद बरामद भएको हो ।


प्रहरीले उनीहरुको साथबाट दुई लाख ७७ हजार नगद र चार लाखको चेक बरामद गरेको जनाएको छ । बुधवार राती प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई बिहीवार जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान शुरु गरेको घर्तिले बताए ।

यसअघि पनि नेपालगञ्जको राँझा विमानस्थलमा ठूलो परिमाणमा सुनसहित दुईजना पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘काँग्रेस बाँकेमा सर्वसम्मतको प्रयत्न गरिने’

१५ पुष २०७८, बिहीबार १४:३४
नेपालगञ्ज : नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मतको पर्यत्न गर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीवार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुस २७ गते हुने जिल्ला अधिवेशनमा आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताए । सहमहामन्त्री राठौरले १४औं महाधिवेशनले उर्जा दिएको भन्दै पार्टी सुदृढ ढंगले […]