रुख काट्दा बालिका घाइते

१९ चैत्र २०७५, मंगलवार २०:०१
 

सदरलाइनडटकम,
नेपालगन्ज  : नेपालगन्ज उपमहनगरपालिका –२० को भैयापुरमा बाटो बनाउ रुख काट्दा विद्युतको पोल भाँच्नुको साथै एक बालिका घाइते भएकी छन् । नव कान्तिपुर कन्स्ट्रक्सन प्रालिले सडक बिस्तार गर्ने सिलसिलामा सिमलको रुख ढाल्ने क्रममा हरसिंह सिजालिकी छोरी ८बर्षिया अनुस्का सिंजाली घाइते भएकी हुन ।
घाइते अनुस्काको राँझा स्थित सैनिक अस्पतालमा उपचार हुँदै गरेको र उनको अवस्था सामान्य भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार साँझ ४ बजे भएको सो घटनामा विद्युतको ४ वटा पोल भाँचिएका छन् ।


Next Post

हुम्लामा टेलिकम कार्यालय घेराउ

१९ चैत्र २०७५, मंगलवार २०:०१
सदरलाइनडटकम, हुम्ला : नेपाल टेलिकमका कर्मचारीकै चरम लापरवाहीले हुम्लामा एक हप्तादेखि बन्द भएको सञ्चार अहिलेसम्म सञ्चालनमा नआएको भन्दै स्थानीय बासिन्दाद्वारा नेपला टेलिकम कार्यालय घेराउ गरेका छन् । चैत १४ गतेको बिहान साढे सात बजेबाट टेलिफोन, एडिएसल, इन्टरनेट, स्काई र नमस्ते फोन विच्छेद भएको छ । एक साता बितिसक्दा समेत मर्मत […]