ट्रकको ठोक्करबाट बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता ५ पुष २०७८, सोमबार १३:०१
 

नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको गोल्छा नजिकै ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ००८८ नम्बरको ट्रकले पैदल हिंडिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का ६० वर्षीय मनबहादुर केसीको मृत्यु भएको हो ।


ट्रकको ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २ संक्रमित थपिए, २ डिस्चार्ज

५ पुष २०७८, सोमबार १३:०१
नेपालगञ्ज : बाँकेमा सोमवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै […]