चेक गणतन्त्रका आठ आरोही अपी हिमालमा

३१ भाद्र २०७५, आईतवार १०:२१
 

सदरलाइनडटकम,
दार्चुला : दार्चुलाको अपी हिमाल आरोहण गर्न चेक गणतन्त्रका आठ नागरिक र दुई नेपालीसहितको टोली अपी हिमालतिर गएको छ । दोस्रो जनआन्दोलनपछि पहिलो पटक सात हजार १३२ मिटर उचाइको अपी हिमाल आरोहण गर्न टोली गएको हो ।
टोलीमा पर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुविर तामाङसमेत छन् । टोलीले ६० दिनको म्यादसहित आरोहण गर्ने अनुमति लिएको छ ।
कसरी पुग्ने अपी हिमाल
आहोरण गर्न सजिलो मानिए पनि अपी हिमाल विरलैले चढ्छन् । सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको तथ्यांक छ । काठमाण्डौबाट हवाइ यात्राबाट कैलालीको धनगढी पुगेपछि कैलालीकै अत्तरिया हुँदै सडक यात्राबाट दार्चुलाको गोकुलेश्वर वा सदरमुकाम खलंगा पुग्न सकिन्छ ।
गोकुलेश्वरबाट एउटा र खलंगाबाट दुई गरी अपी हिमाल वेस क्याम्पसम्म पुग्न तीन रुट छन् । सबैभन्दा छाटो रुट दार्चुला सदरमुकाम खलंगा हुँदै हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपिहिमालसम्म पुग्ने बाटो त्रिदेशीय सीमा क्षेत्र पर्ने हुँदा विदेशी आरोहीहरुको प्राथमिकतामा पर्ने गरेको छैन । तर यो पटक आरोहीहरुले त्यही रुट प्रयोग गरेका छन् ।

Next Post

खोलाले बगाउँदा सल्यानमा दिदी र भाईको मृत्यु

३१ भाद्र २०७५, आईतवार १०:२१
सदरलाइनडटकम, सल्यान : खोलाले बगाउँदा सल्यानमा दिदी र भाईको मृत्यु भएको छ । दार्मा गाउँपालिका ६ बुर्तिबाङ बस्ने पूर्णिमा केसीकी ६ वर्षीया छोरी रेखा केसी र दुई वर्षीय छोरा मोहन केसीको खोलामा डुबेर मृत्यु भएको हो । तीज मनाउन रुकुमस्थित माइतीबाट घर फर्किँदै गर्दा स्थानीय दार्मा खोलाले शनिवार बेलुका तीनै जनालाई […]

सम्बन्धित