नेपालगञ्जले असारमा मात्रै ३४ करोड बढी खर्च गर्यो

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १३:५६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले असार महिनामा मात्रै ३४ करोडबढी रकम खर्च गरेको छ । गत आर्थिक वर्ष २०७७–८८ मा विनियोजित बजेटमध्ये उपमहानगरपालिकाले असार महिनामा ३४ करोड ६ लाख ९७ हजार चार सय ४९ रुपैयाँ खर्च गरेको हो ।

जुन कूल बजेट १ अर्ब ४१ करोड ६६ लाख ६१ हजार सात सय ६९ को २४.०४ प्रतिशत हुन आउँछ । असारमा खर्च भएको रकमको अधिकांश हिस्सा भौतिक निर्माणतर्फको छ । यसले असारमा हतारमा काम सकेर भुक्तानी गरिएको पुष्टि गर्छ ।

उप–महानगरपालिकाले यसरी असार महिनामा बजेटको ठूलो हिस्सा खर्च हुनुलाई आर्थिक सुशासनका हिसाबले सकारात्मक मान्न नसकिने महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत अर्थशास्त्रका उप–प्राध्यापक भुवनेश्वर लामिछानेले बताए ।


असारमा बजेट खर्च गर्ने प्रवृत्तिले एकातिर आर्थिक अनियमितता र अर्कोतिर कामको गुणस्तरमा प्रश्नचिन्ह उठ्ने उनको भनाइ छ । नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पनि असारमा बजेटको ठूलो हिस्सा खर्च गर्ने प्रवृत्ति जनप्रतिनिधि आइसक्दा पनि नरोकिनु दुःखद भएको बताए ।

यस्तो प्रवृत्तिले स्थानीय तहमा अनियमिततालाई बढावा दिने र गुणस्तर पनि कम हुने भएकोले सबैले यसविरुद्ध आवाज उठाउनु जरुरी रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बोक्सीको आरोपमा कटुपीट गर्ने तीन जना पक्राउ

१४ श्रावण २०७८, बिहीबार १३:५६
रोल्पा : रोल्पामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ परेका छन् । रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरी […]

सम्बन्धित