सदरलाइनडटकम,
सल्यान : खोलाले बगाउँदा सल्यानमा दिदी र भाईको मृत्यु भएको छ । दार्मा गाउँपालिका ६ बुर्तिबाङ बस्ने पूर्णिमा केसीकी ६ वर्षीया छोरी रेखा केसी र दुई वर्षीय छोरा मोहन केसीको खोलामा डुबेर मृत्यु भएको हो ।
तीज मनाउन रुकुमस्थित माइतीबाट घर फर्किँदै गर्दा स्थानीय दार्मा खोलाले शनिवार बेलुका तीनै जनालाई बगाएपनि आमा भने बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ । दुई वर्षीय बालक मोहनको शव राती १० बजे र छोरी रेखाको शव राती दुई बजे भेटेको प्रहरीले जनाएको छ ।
