नेपालगञ्ज :नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले राष्ट्रिय बाणिज्य बैंकको प्रादेशिक कार्यालय नेपालगञ्जमा तालाबन्दी गरेको छ ।
बैंककाे प्रादेशिक कार्यालय रातारात सार्ने जानकारी पाए लगत्तै संघका अध्यक्ष टंक धामी महासचिव भिमबहादुर रानाभाटलगायतकाे अगुवाइमा तालाबन्दी गरिएको हाे ।
पश्चिम नेपालको औधोगीक नगरबाट यसरी प्रादेशिक कार्यालय जान नदीनको लागि ताला बन्दी गरेको संघका अध्यक्ष धामीले जानकारी दिए ।


साे बैंकको कार्यालय बुटवल जान नदिनकाे लागि भाेली शुक्रबार बिहान १० बजे उधोग वाणिज्य संघको कार्यलयमा छलफल हुने भएकाे संघका अध्यक्ष धामीले बताए ।