सदरलाइनडटकम,
महेन्द्रनगर (कञ्चनपुर) : कञ्चनपुरमा शनिवार बिहान एक बृद्धाको शव भेटिएको छ । भीमदत्तनगरपालिका २ भाँसीस्थित नहरमा ५५ वर्षीया आइती सार्कीको शव भेटिएको हो ।
तरकारमण्डीमा तरकारी बेच्दै आएकी उनको शव नहरमा आधा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । महाकाली अञ्चल अस्पतालमा सार्कीको शव परीक्षण गरिएको छ ।
दैलेख भुर्ती नगरपालिका घर भएकी सार्की विगत केही वर्षदेखि भीमदत्तनगर बजारमा तरकारी बेच्दै आएको स्थानीयले बताएका छन् ।
