कोरोना संक्रमणबाट बाँकेमा थप एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २७ कार्तिक २०७७, बिहीबार १३:२१
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित भई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरकी ३२ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि उनि कात्तिक २५ गते अस्पताल भर्ना भएकी थिइन् । कोरोनाको आशंकामा २६ गते स्वाब संकलन गरेको र सोही दिन आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बुधवार मध्यराती उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


उपचारका क्रममा उनको रोगको प्रकृति अनुसारको एन्टिबायोटिक, अक्सिजन, सिप्याप लगायतका सबै प्रकारको आवश्यक सपोर्टिभ बिधिबाट उपचार गर्दादर्दै राती सवा १२ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मर्नेको सँख्या ३६ पुगेको छ ।

Next Post

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

२७ कार्तिक २०७७, बिहीबार १३:२१
नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका दुई जनाको मृत्यु भएको छ । बुधवार राती १० बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय सौरब थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले […]