बाम गठबन्धनको घरदैलो गणेशपुरमा

३० कार्तिक २०७४, बिहीबार १२:४३
 

सदरलाइनडटकम  
३० कात्तिक, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं २ मा बाम गठबन्धनले प्रचार तथा घरदैलो अभियानलाई तीब्र पारेको छ । गणेशपुर, सल्यानी बंगला, घोसीटोल लगायतका क्षेत्रमा उम्मेदवार सहित घरदैलो सम्पन्न गरेको हो ।
बिहीबार बिहानै सो निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार पशुपतिदयाल मिश्र र तथा प्रदेश सभा २ ख का उम्मेदवार विजय कुमार गुप्तासहितको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडानं.४ मा घरदैलो सहितको प्रचार अभियान सम्पन्न गरेको छ ।
सो अभियानमा एमाले बैकल्पिक केन्द्रीय सदस्य मो. हारुन, निर्वाचन परिचालन समितिका दामोदर आचार्य, निरक गुरुङ्ग, गोपाल पुन, दत्त आचार्य, पार्वती पुन, ताराबहादुर खत्रीलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


 

Next Post

घरपरिवारमा बालमैत्री बाताबरण दिन नसके बालबालिका बेचविखनको जोखिममा पर्न सक्ने

३० कार्तिक २०७४, बिहीबार १२:४३
सदरलाइनडटकम  ३० कात्तिक, नेपालगन्ज : बालबालिकालाई घरपरिवारमा बालमैत्री बाताबरण दिन नसके बेचविखनको जोखिममा पर्न सक्ने नेपालगन्जमा आयोजित कार्यक्रमका सहभागिले औल्याएका छन् । प्लान नेपालको आर्थिक सहयोग तथा साथी संस्था नेपालगन्जको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारको बर्तमान अवस्था र बालबालिकाको संरक्षणमा विद्यालयको भूमिका विषयक एक दिने कार्यशालाका सहभागिले सो कुरा औल्याएका […]

सम्बन्धित