रूस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुँदै

एजेन्सी १८ फाल्गुन २०७८, बुधबार १८:२५
 


नेपालगञ्ज : रूसले युक्रेनमाथि आक्रमण गरेको सातौं दिन दुई मुलुकबीच दोस्रो चरण वार्ता हुने भएको छ। समाचार संस्था एपीका अनुसार वार्ताका लागि दुबै पक्षका अधिकारीहरू तयार भएका छन्। वार्ता कहाँ र कतिबेला हुने भन्ने टुंगिन बाँकी छ।

रूसी अधिकारीहरूले बुधबार साँझ वार्ता हुन सक्ने बताएका छन्। यसअघि गत आइतबार बेलारूस र युक्रेनको सीमामा युक्रेन र रूसी अधिकारीहरूबीच भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।


वार्ता बिनानिष्कर्ष टुंगिएपछि रूसले युक्रेनमाथि आक्रमण जारी राखेको छ। बुधबार मात्रै उसले युक्रेनको खेर्सोन सहर कब्जामा लिएको दाबी गरेको छ भने राजधानी किएभमा आक्रमण बढाएको छ। युक्रेनी अधिकारीहरूले दोस्रो चरणको वार्ताबाट पनि निष्कर्ष निस्कने सम्भावना झिनो मात्र रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा नेपालकाे केन्द्रीय उपाध्यक्षमा बांकेका राजेन्द्र वीर राय मनाेनित

१८ फाल्गुन २०७८, बुधबार १८:२५
नेपालगञ्ज : राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राजेन्द्र विर राय चयन भएका छन् । अध्यक्ष कमल थापाले पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरेका हुन् । उपाध्यक्षमा चयन भएका राय यस क्षेत्रका प्रतिष्ठित उद्यमी तथा समाजसेवीका रुपमा परिचित छन् । उनले विभिन्न […]